नियम १३
पदपूर्ति प्रतिशतको आधारमा पदसंख्या निर्धारण
(१) नियम १२ बमोजिम कर्मचारी माग सम्बन्धी विवरण प्राप्त भए पछि लोक सेवा आयोगले रिक्त पदहरू मध्ये ऐनको दफा १७ बमोजिम खुल्ला प्रतियोगिता, कार्यक्षमताको मूल्याङ्कन, आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवाको समायोजनद्वारा पूर्ति हुने प्रतिशतको आधारमा पदसंख्या निर्धारण गर्नेछ ।
(२) उपनियम (१) बमोजिम पदसंख्या निर्धारण गर्दा ऐनको दफा १७ को उपदफा
(१) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदसंख्या मध्ये सोही दफाको उपदफा (६) बमोजिम पूर्ति हुने पदसंख्या समेत निर्धारण गर्नु पर्नेछ ।
(३) ऐनको दफा १७ को उपदफा (६) को प्रयोजनको लागि आर्थिक र सामाजिक रूपमा पछाडि परेका महिला, आदिवासी÷जनजाति, मधेशी, दलित समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ । तर सोको विवरण नेपाल राजपत्रमा सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सम्पूर्ण महिला, आदिवासी÷जनजाती, मधेशी, दलितलाई आर्थिक र सामाजिक रूपमा
पछाडि परेको समुदाय मानिनेछ ।
(४) ऐनको दफा १७ को उपदफा (६) बमोजिम छुट्टयाइएका पदसंख्यामा दरखास्त पेश गर्ने प्रयोजनका लागि देहायका आधारमा दिनु पर्नेछ ।
(क) आदिवासी/ जनजातीका हकमा नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको
हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जाति भित्र एक भन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराइ दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एक भन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराइ दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाज कल्याण परिषद्बाट अपाङ्गता प्रमाणित गरेको आधारमा,
(घ) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेशी भनी प्रमाणित
गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराइ दरखास्तसाथ पेश गर्नु पर्नेछ ।
(ङ) पिछिडएको क्षेत्रका हकमा ऐनको दफा १७ को उपदफा (६) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको आधारमा ।
(५) उपनियम (१) बमोजिम कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवाको समायोजनद्वारा पूर्ति गर्न छुट्याइएको पदका लागि कुनै उम्मेदवार नभएमा सो वर्षको त्यस्तो पद कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाको पदमा समावेश गरिनेछ ।